आजको मौसमः देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा

सांकेतिक तस्बिर

काठमाडौँ – आज नेपालमा स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हाल देशको अधिकांश स्थानमा सामान्य बदली भइरहेको र केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको जनाएको छ ।

यसैगरी, महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्