पत्रकारले मर्यादित तथा उत्तरदायी भएर कलम चलाऔँ : अध्यक्ष बस्नेत

बारा, ५ फागुन । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमलाई दुरुपयोग हुनबाट जोगाउनुपर्ने र पत्रकारहरुले आचारसंहिता भित्र रहेर मर्यादित तथा उत्तरदायी भएर कलम चलाउनु पर्ने बताएका छन ।

 

बाराको निजगढमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ बाराको समन्वयमा शनिबार बाराको निजगढमा संचार माध्यमका चुनौती एवं मिडिया साक्षरता कार्यक्रममा अध्यक्ष बस्नेतले सञ्चार माध्यममा खोजमूलक कम र ‘ढाकछोप पत्रकारिता’ बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन । अनलाइन र युट्युब च्यानलहरुको प्रभावकारी नियमन काउन्सिल गरिरहेको र काउन्सिलले स्वस्थ, मर्यादित, जिम्मेवारपूर्ण र विश्वसनीय पत्रकारिता चाहेको हुदाँ त्यसतर्फ सञ्चारकर्मी स्वयंले तदारुकता देखाउनुपर्ने उनको भनाइ थियो ।

 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको उपस्थितीमा भएको कार्यक्रममा पत्रकार र संचारमाध्यमले भोगिरहेका समस्या र समाधानका विषयमा चर्चा गरिएको थियो ।

 

मिडियाहरु चल्नै नसक्ने गरी धरासायी हुँदा जनताको सुचना पाउने अधिकार बन्चित हुने भएको हुदाँ यसलाई बचाई राख्न संचालक, पत्रकार र सरकार सँधै जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो । अध्यक्ष बस्नेतले कतिपय कानुन पत्रकार र मिडिया मैत्री नहुँदा समस्या भैरहेको भन्दै त्यस्ता खाने कानुन परिमार्जनका लागि काउन्सिलले सहजीकरण गरिहेको पनि बताए ।

 

उनले राजनैतिक दल र नेताहरुले सत्तामा हुँदा र बाहिर हुँदा मिडियालाई प्ररक ढंगले चित्रण गर्ने गर्दा पनि समस्या हुँदै आएको बताए । देशको परिवर्तमा महत्वपूर्ण भुमिका निर्वाह गरेका संचारमाध्यम र पत्रकारका सवालमा राज्य हुनुपर्नेजती संवेदनशिन नबनेको उनको भनाई थियो ।

 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर प्रसाद बेलबासे, मुख्य अधिकृत झविन्द्र भुषाल, नेपाल पत्रकार महासंघका सचिव गोबिन्द चौलागाँई, नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य महेश्वर अधिकारी सहभागि थिए । यस्तै बाराका अध्यक्ष रेशम तीवारी, पूर्व अध्यक्ष गुरुप्रसाद गौतम, लक्ष्मी साह र कमलकुमार अपाध्याय, सर्लाहीका अध्यक्ष टंक क्षेत्रीसहित बारा, पर्सा, रौतहट र सर्लाहीका सकृय पत्रकारहरु, विभिन्न संचारसम्बद्ध संगठनका अध्यक्ष, संचारमाध्यमका संचालकहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्