अभिभावक र विद्यार्थीकाे आकर्षणकाे केन्द्र बन्दै भीमेश्वर स्कुल

काठमाडाैं – भीमेश्वर स्कुल अभिभावक र विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ मा रहेको भीमेश्वर स्कुलको गुणस्तर, शैक्षणिक गतिविधि, भाैतिक पूर्वाधार लगायत अन्य शैक्षिक वातावरणका कारण पछिल्लो समय विद्यार्थी तथा अभिभावकहरुको रोजाईमा पर्दै गएको छ ।

भीमेश्वर स्कुलले आज प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी हेमन्त ऋतुलाई बिदा गर्दै शिशिर ऋतुको आगमनसंगै विद्याकी देवी सरस्वतीको पूजा अर्चना सहित श्रीपञ्चमी पर्व तथा सरस्वती पूजा भव्यताका साथ मनाएको छ । आज सरस्वती पूजाको अवसर पारी ५० बढीले गरे अक्षरारम्भ समेत गरेको विद्यालयले जनाएको छ ।

बालमैत्री सिकाई र अभिभावकको चाहना अनुरुप आधुनिक शिक्षण पद्दती र सिर्जनात्मक गतिविधीमा अभ्यस्त गराऊँदै समयानुकुल ज्ञान प्रदान गर्न सक्षम भएको छ भीमेश्वर स्कुल । यस विद्यालयले खेलकुद सँगै क्रियटिभ गतिविधिमा अव्बल तथा अनुशासन, सिसिए र इसिए दुवै बिद्यामा पूर्ण रुपमा बालमैत्री कक्षा सञ्चालन गरेका कारण समेत विद्यालय अभिभावकको रोजाईमा पर्दै गइरहेको छ ।

वैदिक मन्त्रोचारण बिधिद्वारा सरस्वतीको उपासना गरि पूजा विधि सम्पन्न गरि स साना नानीबाबुहरुलाइ आजको शिक्षण सिकाइलाइ संस्कारसँग जोड्न यस प्रकारको गतिविधिहरु प्रत्यक्ष अभ्यासको रुपमा सिकाउने उद्देश्य राखेर विद्यालय अघि बढेको छ ।

आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन भएकाले सरस्वतीको पीठ तथा मन्दीरमा पनि पूजा आरधाना गर्ने गरिएको छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजैका दिन अभिभावकले आफ्ना स–साना छोराछोरीलाई अक्षरारम्भ गराउँदै विद्यालयको ढोकासम्म पुर्‍याएका छन भने विद्यालयले पनि विशेष अवसरका रुपमा बालबालिकालाई आजैदेखि कक्षा प्रवेश गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्