बेष्ट ग्रुप भीजन स्कुल: सरस्वती पूजा तथा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं – बेष्ट ग्रुप भीजन स्कुलले सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । आज स–साना नानीबाबुहरुलाई अक्षरारम्भ गराउनुका साथै नयाँ भर्ना समेत गरेको छ ।
काठमाडौँको महानगरपालिका वडा नं. ३२ मा रहेको बेष्ट ग्रुप भीजन स्कुलले आज सरस्वती पूजाको अवसर पारी अभिभावकहरुका लागि निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरेको छ । सामान्य स्वास्थ्य परीक्षणमा सुगर, प्रेसर तथा आँखाको निशुल्क चेकजाँच गरि अभिभावकहरुलाई केहि राहत पुगेको विद्यालयले अपेक्षा गरेको छ ।

विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म भएको निशुल्क स्वास्थ्य शिबिरमा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको विद्यालयका संस्थापक सुनिल केसी खत्रीले जानकारी दिनुभयो ।

 

यसैगरी विशेष छुटका साथ कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका लागि नयाँ भर्ना समेत खोलेको छ । बालबालिकाहरूको चौतर्फी विकासका लागि निरन्तर क्रियाशील यस बेष्ट ग्रुप भीजन स्कुल शैक्षिक गुणस्तर तथा अन्य सुविधा सम्पन्न भौतिक पूर्वाधारका कारण अभिभावक तथा विद्यार्थीहरुको रोजाइमा पर्दै गइरहेको छ । पछिल्ला बर्षहरुमा विद्यार्थीहरुको भर्नादर समेत बढ्दै गएको र शिक्षाको गुणस्तरमा विद्यालय प्रशासन पनि जिम्मेवार रहेको विद्यालयले जनाएको छ ।

   

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्