३ वटा कार्य विधेयक पारित सहित सुर्मा गाउँपालिकाको १४औँ गाउँसभा सम्पन

बझाङ – बझाङ जिल्लाको सुर्मा गाउँपालिका को १४औ अधिवेशन तथा गाउँ सभामा ३वटा कार्य बिधेयक पारित सहित गाउँ सभा सम्पन भएको छ।आज गाउँपालिका को सभाहलमा सन्चालन भएको उक्त गाउँ सभामा शिक्षा कार्य बिधेयक ऐन पुर्वाधार ब्यबस्थापन ऐेन र सार्वजनिक निति ऐेन पारित सहित विभिन्न विषयमा छलफल गर्दै १४ औं गाउँ सभा तथा अधिवेशन सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष खड्क बहादुर बोहरा को अध्यक्षतामा सन्चालन भएको अधिवेशनमा विकासको अवस्था, बजेटको खर्च विवरण, कार्यक्रमको उपलब्धि, गुनासा, काम गर्दाका समस्याका बारेमा वडा अध्यक्ष दिनेश बोहराले आपनो भनाइ राखेका थिए ।त्यस्तै पालिकामा कर्मचारी र जनप्रतिनिधिहरु एक भएर काम गर्ने र गाउँपालिकामा संन्चालन भएका योजनाहरुको अनुगमन गर्न यसअघि सम्पन्न कामको समीक्षा गर्नुका साथै आगामि दिनहरुमा कसरी सुर्मा गाउँपालिका लाई बिकास तिर अगाडि बढाउने भने बारे सभा अध्यक्ष बोहराले बताउनुभएको छ ।

कार्यक्रम गाउँ पालिका अध्यक्ष को अध्यक्षतामा सन्चालन भएको उक्त सभामा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर बोहरा रहेनु भएको थियो भने विशिष्ट अर्थिति मा गाउँपालिका उपाध्यक्ष रुमला मेण्डल पुजार र एक देखि पाँच नम्बर वडाका वडा अध्यक्ष रहनुभएको थियो र उक्त सभामा पत्रकार कर्मचारी स्थानीय बासिहरुको पनि उपस्थिति रहनु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्