नेपाल राष्ट्रिय सुँचादी व्यवसायी मञ्चले रक्तदान कार्यक्रमको आयोजना गर्ने

काठमाडौँ – नेपाल राष्ट्रिय सुँचादी व्यवसायी मञ्चले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
बुधबार नयाँ बानेश्वरको छक्कु पक्कु पार्कमा दिउँसो १२ बजे रक्तदान कार्यक्रमको अयोजना गरिने मञ्चका अध्यक्ष गणेश प्रसाद लकान्द्रीले उपहार खबरलाई जानकारी दिए ।

विगत दिनहरुमा पनि मञ्चले विभिन्न साजिक उत्तर दायित्वका कार्यहरु गर्दै आएको र अहिले कोरोनाको माहामारीको अवस्थामा व्यवसायी हित भन्दा माथि उठेर समाज सेवामा अग्रसर भई नेपालमा हुने सम्भावित रगतको अभाव हुन नदिन मञ्चले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष लकान्द्रीले बताए ।  लकडाउनको पालना गर्दै जिल्ला प्रशासन कार्यालय, स्थानीय जन प्रतिनिधि, प्रहरी प्रशासनको सहमतिमा रक्तदानको आयोजना गरिएको पनि लकान्द्रीले स्पष्ट पारे । रक्तदान गर्ने दाताहरु ५० जना तयार भइसकेको र सामाजिक दुरी कायम गरि रक्तदान गरिने मञ्चले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्