अध्यादेशबारे काँग्रेसले मुख खाेल्याे: बेमौसमी बाजा नबजाउन सरकारलाई प्रवक्ता शर्माको चेतावनी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई बेमौसमको बाजा नबजाउन भनेको छ ।
सोमबार सामाजिक संजाल ट्वीटर मार्फत प्रवक्ता विश्वप्रकाश शर्माले विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध विजयी हाँसिल गर्न एक जुट हुने बेलामा राजनीतिक तरंग पैदा गर्नै काम नगर्नै चेतावनी दिएका हुन् ।
आज बसेको मन्त्रिपरिषदले ल्याएको दल विभाजनको अध्यादेशलाई लक्षित गर्दै बेमौसमी बाजा नबाजनाउन सरकारलाई चेतावनी दिएको हो ।

ट्वीटरमा प्रवक्ता शर्माले लेखेका छन्
‘बेमौसमी बाजा नबजाऔं ! संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो । नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन् र गौण रहनुपर्छ । हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ’,

 

सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्