सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ बढ्यो

काठमाडौ, २९ माघ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला ५०० रूपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन कारोबार  सोही मूल्यमा भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ।  आइतबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्