जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

कास्की, २४ माघ । पोखरा महानगरपालिका-८ नागढुङगास्थित सोही महानगरपालिका-१४ खाल्टे मसिना बस्ने ३१ वर्षीय लक्ष्मण कडेलको एडभान्स अटो रिपेरिङ वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा कडेल समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १४ हजार २ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्