तातोपानी नाकाबाट आयत वृद्धि

सुशील सुवेदी
सिन्धुपाल्चोक – स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यन्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ ।

गत साताबाट पुनः सञ्चालमा आएको सो नाकाबाट आइतवार सबैभन्दा धेरै चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य सामग्री बोकेका चार वटा कन्टेनर नेपाल भित्रिएको जनाउँदै दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा स्वास्थ्य सहयोगी देखाउनुपर्ने र दुवैतिर हेल्थ डेस्क स्थापना गरिएको बताए ।

अहिले नाकाबाट निर्वादरुपमा सामान आयात भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्