इन्द्रावती गाउँपालिकामा ३३ जनाको को ‍र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

सुशील सुवेदी
सिन्धुपाल्चोक –सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कोरोना भाइरसको संक्रमण परीक्षणका लागि विदेशबाट आएका ३३ जनाको ‍ र्‍यापिड डाइगोनिष्टिक टेष्ट परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

भारत लगायत अन्य तेस्रो मुलुकबाट इन्द्रावती गाउँपालिका आएका ३३ जनाको आरडीटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । अध्यक्ष तामाङका अनुसार गत चैत १ गतेपछि इन्द्रावती गाउँपालिकामा बिदेशबाट आएका २४ पुरुष र ९ महिलाको आरडिटी परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

“परिक्षण गरिएका सबैलाई गाउँपालिकाले स्वास्थ्यकर्मीको निगरानीमा राखेको थियो । लामो बाटो पार गरेर आएकाले नतिजा के आउँछ भन्ने खुल्दुली पनि थियो अब त्यो सकिएकोले ढुक्क लागेको छ,” अध्यक्ष तामाङले भने । तर सबैलाई अझै केही समय क्वारेन्टाइनमा नै रहन आग्रह गरेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्