सूर्योदय वोमी लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौ, २१ माघ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट १४.०७७ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

यस संस्थाको माघ १९ गते बसेको सञ्चालक समिति बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

यसै गरी दुई लघुवित्त एक आपसमा मार्जर भएर एकीकृत कारोबार सुरु गरेको हुनाले एकीकृत कारोबार भएको मितिदेखि २ वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्था रहेका छ। त्यसैले यस लघुवित्तले प्रस्ताव गरेको बोनस सेयरमा कर छुट हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्