क्यानाडामा अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारी सहित कम्तिमा १६ जनाको मृत्यु

काठमाडौँ – क्यानाडाको नोभा स्कोटिया प्रान्तमा प्रहरीको पोसाक लगाएका एक व्यक्तिले अन्धाधुन्द गोली चलाउदा एक प्रहरी अधिकारी सहित कम्तिमा १६ जनाको मृत्यु भएको बीबीसीले बताएको छ ।

१२ घण्टासम्म चलेको उक्त बितन्डा आक्रमणकारी कारमा फरार भएपछि समाप्त भएको थियो । आक्रमणकारीको पनि मृत्यु भएको त्यहाँका प्रहरी अधिकारीले बताएका छन् । यद्यपि, उनको मृत्यु कसरी भयो भन्नेबारे उल्लेख गरिएको छैन ।

नोभा स्कोटिया ग्रामीण शहरमा बन्दुकधारी शनिबार राती घुसेको भन्ने सूचना पाएपछि प्रहरीले त्यहाँका बासिन्दालाई घरबाट बाहिर ननिस्कन भनेको थियो ।

बन्दुकधारीले प्रहरीले प्रयोग गर्ने कारमा सवार भएर नोभा स्कोटियाका विभिन्न क्षेत्रमा अन्धाधुन्ध गोली चलाएको बीबीसीले बताएको छ । तसर्थ मृतकको अन्तिम संख्या अझैसम्म प्राप्त नभएको प्रहरीलाई उदिृध गर्दै बीबीसीले लेखेको छ ।

आक्रमणकारीको पहिचान ५१ वर्षीय ग्याबरिएल बोर्टम्यानको रुपमा भएको छ । आइतबार उनलाई हिरासतमा लिइएको रोयल क्यानडियन माउन्टेन प्रहरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उक्त व्यक्तिले प्रहरीको पोशाक लगाएको र प्रहरीको सवारी साधन प्रयोग गरेको जनाएका छन् । तर उक्त व्यक्ति आरसीएमपी (रोयल क्यानाडिएन माउन्टेड प्रहरी) द्वारा भर्ना गरिएको हैन भनी प्रहरीले जानकारी दिएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोलेयो घटनालाई भयानक त्रासदी बताएका छन् । -एजेन्सी 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्