नेशनल प्याब्सन काठमाडौले माघ १८ गतेदेखि खेलकुद सप्ताह आयोजना गर्ने, मन्त्रीले उद्घाटन गर्ने

काठमाडौ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौले विगत वर्ष झैं यस वर्ष पनि खेलकुद सप्ताह आयोजना गर्ने भएको छ । मंगलबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै संस्थागत विद्यालयमा अध्ययन गर्ने छात्र छात्राको शारिरीक, मानसिक, सामाजिक एवं व्यवहारीक पक्षलाइ खेलको माध्यमबाट विकास गर्दै समग्र शिक्षण सिकाइका गतिविधिलाइ जिवन र संस्कारसँग जोड्ने पवित्र उदेश्यले यहि माघ १८ गतेबाट खेलकुद सप्ताहको आयोजना गर्न लागेको नेशनल प्याब्सन काठमाडौँ जिल्ला समिति उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।

माघ १८ गतेबाट सञ्चालन हुने खेलकुद सप्ताहमा विभिन्न विद्यामा भाग लिने खेलाडीहरुलाई पुरस्कृत गरिने भएको छ । सबै विद्यामा गरेर झण्डै १००० खेलाडीहरुले प्रतिष्पर्धामा भाग लिने छन् भने फुटसल, बास्केटबल, टेबल टेनिस, एथलेटिक्स लगाएतका खेलहरु सञ्चालन हुनेछन् ।
उक्त खेलहरुमा कक्षा ९ सम्मका खेलाडीहरुले मात्र भाग लिन पाउने छन् । खेल सप्ताहका खेलहरु टेबल टेनिस प्रतियोगिता माघ १९ र २० युर्निभर्सल सकेण्डरी स्कुल धुम्बराही, माघ २१ मा एथलेटिक्सका सबै खेलहरु एजिएम स्कुल सिनामंगल, माघ २२ र २३ गते फुटसल प्रतियोगिता दिक्षालय नेपाल कपन, माघ २४ र २५ बास्केटबल नेरिक एकेडेमी संखमुल मा सञ्चालन हुनेछन् ।

साथै उक्त खेलहरुको संयोजन क्रमश टेबल टेनिस खेलको महानगर अध्यक्ष बिजय खरेल, एथलेटिक्सको काठमाडौ जिल्लाको निवर्तमान बरिष्ठ उपाध्यक्ष श्याम योञ्जन, फुटसलको संयोजन जिल्ला समिति काठमाडौका सदस्य नारायण पोख्रेल त्यसैगरी बास्केटबलको संयोजन जिल्ला सदस्य मिलन कँडेलले गर्नु भएको छ ।

खेलकुद सप्ताहको पहिलो दिन माघ १८ गते टुँडिखेलमा सम्भव भए युवा तथा खेलकुद मन्त्री नभए नेपाल सरकारको कुनै पनि मन्त्रीको उपस्थितिमा ५० भन्दा बढी विद्यालयको करिब १००० छात्र छात्राको मार्च पास र विभिन्न झाँकी सहित कार्यक्रम शभारम्भ हुने नेशनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष अमृत कुमारले जानकारी दिनुभयो । खेलकुद सप्ताह को अन्तिम दिन माघ २६ गते बिजेता सबै खेलका खेलाडी छात्र छात्रालाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्