माघ २९ गते देखि फागुन २४ गते सम्म दोश्रो मध्यपुर थिमि नगरपालिका वडा लिग सन्चालन हुने

काठमाडौ- यहि माघ २९ गते देखि फागुन २४ गते सम्म दोश्रो मध्यपुर थिमि नगरपालिका वडा लिग सन्चालन हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै वडा लिग सन्चालन गर्न लागेको जानकारी दिनुभयो ।

यस प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका भित्र रहेका नौ वटा वडाहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता राउण्ड रोबिनको आधारमा खेलाईनेछ भने प्रत्येक टिमले आठ खेल खेल्नु पर्नेछ जसमा ३६ वटा म्याचहरु रहनेछ । यस प्रतियोगितामा प्रथम हुने वडाको टिमले पुरस्कार वापत नगद रु दुई लाख ५० हजार प्राप्त गर्नेछन् भने दोश्रो तथा तेश्रो हुने वडाका टिमले क्रमिक रुपमा रु एक लाख २५ हजार र रु ६० हजार नगद प्राप्त गर्ने छन् ।

प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीले ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगिताको उत्क्रिष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद रु दश दश हजार प्राप्त गर्ने छन् । यस प्रतियोगिताको सर्वात्कृष्ट खेलाडीले नगद रु २० हजार प्राप्त गर्नेछन् भने प्रतियोगिताको अनुशासित टिम लाई फेयर प्ले टिम घोषित गरी नगद रु २५ हजार प्रदान गरिनेछ । यस प्रतियोगिताको कुल बजेट रु २८ लाख २४ हजार रहेको छ । मध्यपुर यूथ एशोसियशन मध्यपुर थिमि नगरपालिका २ का अध्यक्ष उपेन्द्रमान सिहले जानकारी दिनुभयो । जसमा नगरपालिकाले २५ लाख दिने सहमति समेत गरेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्