देशमा ९ खर्ब ब्यापार घाटा

काठमाडौं – देश यतिबेला ९ खर्बको ब्यापार घाटामा छ । चालू आर्थिक वर्षको
(२०७६/०७७) नौ महिनासम्म देशले ९ खर्ब ३ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा बेहोरेको भन्सार विभागको तथ्याङ्कमा छ ।

१० खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा ९ खर्ब ८२ अर्बको आयात नै भएको छ । तर देशले बाहिरी देशमा १ खर्बको पनि सामान निर्यात गर्न सकेको छैन । चालू आर्थिक वर्षको ९ महिनामा जम्मा ७८ अर्ब ८१ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

१ खर्ब ६१ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ भने ५९ अर्ब ३९ लाखको सावारी साधन आयात भएको छ । आयातित अर्थतन्त्र भएको देश नेपालमा राजस्व भन्सारमुखी छ । यसकारण आयात कम हुँदा देशले ठुलो परिणामको राजस्व गुमाउनुपर्छ । भन्सार विभागका अनुसार चैतसम्म २ खर्ब ४४ अर्ब राजस्व उठेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्