दार्चुला र बैतडीका अस्पताल र सुरक्षाकर्मीलाई मौलिक जरोकिलो पार्टीको स्वास्थ्य सामाग्री सहयोग

कैलाली – मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेश समितिको अग्रसरतामा दार्चुला र बैतडीका अस्पताल तथा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

आइतबार मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेश समितिले प्रेस विज्ञप्ति मार्फत दार्चुलाको गोकुलेश्वर अस्पताल, जिल्ला अस्पताल बैतडी तथा दार्चुला र बैतडीका सिमा नाकामा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बललाई स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिएको छ ।

भारत संग सिमाना जोडिएका सुदुरपश्चिमका बिभिन्न जिल्लाहरू कोरोना संक्रमणको उच्च ‌जोखिममा रहेका छन् । विशेष गरी पाहाडी जिल्लाहरुमा स्वास्थ्यकर्मी तथा सिमानामा खटिएका सुरक्षाकर्मीहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध नभएको र ति स्वास्थ्य सामग्री स्थानिय बजारमा अभाव हुन थालेपछि पार्टीको सुदूरपश्चिम प्रदेश समितिको अग्रसरतामा काठमाडौँबाट खरिद गरेर उपलब्ध गराइएको हो । उपलब्ध सामाग्रीहरुमा सर्जिकल मास्क १२ सय थान, सर्जिकल ग्लोब्स १८ सय थान, स्यानिटाइजर २६ थान र पीपीई ८ थान हस्तान्तरण गिएको छ ।

“कोरोना महाव्याधीको संकटको समयमा समेत अहोरात्र खटिनुभएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई पनि संक्रमणको खतरा रहन्छ । स्वास्थ्य सामग्रीको अभावमा उहाँहरूलाई जोखिममा काम गराउनु राम्रो होइन । उहाँहरुको योगदानको कदर गर्दै मनोबलमा अलिकति पनि ह्रास आउन नदिन हामीले गक्ष अनुसारको सहयोग गरेका हौँ। हाम्रो यो प्रयास संख्यात्मक हिसाबले धेरै नदेखिए पनि सरोकारवाला सबैमा गुणात्मक सन्देश प्रवाह हुने आसा ‌गर्न सकिन्छ ।” मौलिक जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले भने ।

प्रदेश अध्यक्ष जोशी, प्रस्थसभा सदस्यहरु यज्ञराज भट्ट र पंकज चन्दको पहलमा स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको हो । साथै खरिद देखि गन्तव्य सम्म ढुवानीमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगीहरुमा समेत मौलिक जरोकिलो पार्टीले धन्यवाद दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्