दोलखा जग्गा तथा आवास विकास संघको तदर्थ समिति गठन, यि हुन् पदाधिकारी

काठमाडौँ – दोलखा जिल्लाभरी छरिएर रहेका घर जग्गा ब्यवसायीहरुद्वारा दोलखाको चरिकोटमाआयोजित कार्यक्रमा “दोलखा जग्गा तथा आवास बिकास संघ” तदर्थ समिती गठन गरिएको छ। नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव श्री बिष्णु प्रसाद घिमिरे प्रमुख अतिथी उक्त कार्यक्रममा, महासंघका सचिव राम सुन्दर बके तथा केन्द्रय सदस्य मोहन बहादुर राउत रहेका थिए । घर जग्गा बिज्ञ सुरेन्द्र मान बिजुक्छेको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो ।  कार्यक्रम संचालकको भुमिका भने नेपाल जग्गा तथा आवास विकास महासंघका केन्द्रिय सदस्य मोहन बहादुर राउतले गरेका थिए । दोलखा भरी छरिएर रहेका घर जग्गा ब्यवसायी हरुको हकहित र अधिकारलाई सुनिस्चित गर्ने उद्घेश्यले “दोलखा जग्गा तथा आवास बिकास संघ” तदर्थ समिती गठन गरिएको प्रमुख अतिथी घिमिरेले जानकारी दिए । घर जग्गा ब्यवसायीहरुले संस्थागत रुपमा कम्पनी मार्फत करोबार गरि पेशालाई मर्यादित बनाउनु पर्ने तथा आवास सङसङै दोलखा जिल्ला पर्यटकीय क्षेत्र रहेकोले होम स्टेलाइ समेत मध्यनजर गरि जग्गा तथा आवास क्षत्र बिकास गर्नुपर्ने बताए ।

दोलखा जग्गा तथा आवास विकास संघको तदर्थ समिति:
१. संयोजक तथा अध्यक्ष – शिव बहादुर खत्री
२. उपाध्यक्ष : शिव सिवाकोटी
३. सचिव: भैरब थापा
४. सदस्य: स्बिष्णु सिवाकोटी
५.सदस्य: बिष्णु खतिवडा
६. सदस्य: हरि उप्रेती
७. सदस्य: ठुला कन्छा तमाङ्ग

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्