अर्किड स्कुलद्वारा खेलकुद मेलाको आयोजना

काठमाडौं – राष्ट्रका लागि खेलकुद तथा स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ अर्किड प्युपल सेकेण्डरी स्कुलले खेलकुद मेलाको आयोजना गरेको छ । माघ १२ गतेसम्म जारी रहने खेलकुद मेलाको आज सुरू गरेको हो ।

कक्षा नर्सरीदेखि कक्षा १ सम्म पूर्व प्राथमिक तह, कक्षा २ देखि कक्षा ५ सम्म आधारभूत तथा कक्षा ६ देखि कक्षा ९ सम्म माध्यमिक तह छुट्याई व्यक्तिगत, कक्षागत तथा अन्तर सदनात्मक रूपमा खेलहरूको प्रकृति हेरी खेल सञ्चालन गरेको खेलकुद प्रशिक्षक दिल कुमार तामाङले बताए ।


खेलकुदमा एथलेटिक्स फुटवल, भलिवल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस, कबड्डी, बाधापार दौडहरू, हट पोट्याटो, म्यूजिकल चेयर, टक अफ बार, बल कलेक्सन गेम, ब्यालुन ब्रष्ट आदि थुप्रै मनोरञ्जनात्मक खेलहरू खेलाई बिद्यार्थीहरूमा लुकेर रहेको प्रतिभाहरूको खोजि गर्ने, व्यक्तित्व विकासमा जोड दिने तथा अनुशासनको पाठ सिकाउन यस किसिमका प्रतियोगिताहरू अपरिहार्य हुनुका साथै नानीबाबुहरूलाई यस्ता प्रतियोगिता गरि पुरस्कृत गर्न पाएमा उनीहरूमा हौसला प्रदान गर्न सकिने विद्यालय संयोजक नरेन्द्र पाण्ड्यले बताए ।


उक्त खेलकुद मेलाको सुभारम्भ गर्दै खेल प्रशिक्षकहरूलाई विविध खेल सामग्रीहरू हस्तान्तरण गरेपश्चात सबै विद्यार्थीहरूलाई तथा खेल सञ्चालन गर्न हुने प्रशिक्षार्थीहरूलाई निर्देशन दिदै विद्यालयका संस्थापक निर्देशक प्रेमकुमार भुजेलले सबै खेलहरूमा विजेता र उपविजेता सम्पूर्णलाई स्वर्ण पदक तथा रजत पदक आगामी सरस्वती पुजाको अवसरमा आयोजना गरिने साँस्कृतिक तथा पुरस्कार वितरण समारोहमा पुरस्कृत गरिने समेत घोषणा गरे ।

निर्देशक भुजेलले सबै विद्यार्थीलाई आ-आफ्नो रूचीअनुसारका खेलहरूमा अनिवार्य भाग लिई कुनै न कुनै विधामा उत्कृष्टता हासिल गर्न आवह्वान गरे ।यसका साथै खेल खेल्दा सावधानी अपनाउन, अनुसासित बन्न तथा बढीभन्दा बढी खेलहरूमा सहभागी बन्न समेत विद्यार्थीहरूलाई आग्रह गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्