नेशनल प्याब्सन काठमाडौँले खेल शिक्षकहरुलाई दिएको १५ दिने तालिमको समापन

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन (नेशनल प्याब्सन) काठमाडौँ जिल्लाको आयोजनामा पुस २५ गतेदेखि जारी खेल शिक्षकहरुको तालिमको आज समापन गरिएको छ ।
बुधबार नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष अमृतकुमार खड्काको अध्ययक्षता तथा राष्ट्रिय परीक्षा वाेर्ड परीक्षा नियन्त्रक ( कक्षा १०) नन्दलाल पौडेलको प्रमुख आतिथ्यता तथा नेशनल प्याब्सन केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको बिशेष अतिथी, नेशनल प्याब्सन काठमाडौं जिल्लाका सल्लाहकार खडक बस्नेत, खेलकुद परिषद तथा सानका  निर्देशक कृष्ण तिमल्सिना विशेष अतिथिको रूपमा रहनुभएको थियो । उपस्थित सम्पूर्णले तालिममा सहभागीहरूलाई बधाई दिनुभयो । तालिममा सिकेको सिपलाई विद्यालयमा लगाउने जिम्मेवारी प्रशिक्षार्थीहरूको भएको विशेष अतिथि न्यौपानेले बताउनुभयो ।

खेलकुदलाई विद्यालय स्तरसम्म विकास गर्नकोलागि तालिमको आयोजना गरिएको नेशनल प्याब्सन काठमाडौँका अध्यक्ष अमृतकुमार खड्काले जानकारी दिनुभयो ।

तालिममा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधाका कुराहरु खेल शिक्षकहरुलाई प्रशिक्षण दिइएको छ । विद्यार्थीलाई विद्यालय स्तरदेखि ओलम्पिक सम्म जानको लागि खेल शिक्षकको महत्वपूर्ण भुमिका रहने भन्दै यस तालिमलाई अघि बढाएको हो । तालिममा विभिन्न स्कुलका खेल शिक्षकहरुको सहभागिता रहेकाे थियो भने तालिम उपलब्धिमूलक रहेेको उपस्थित शिक्षकहरूको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्