नेपाल व्यापार संघले फागुन १२ गते साँखुमा बृहत बनभोज कार्यक्रम गर्ने

काठमाडौँ – नेपाल व्यापार संघले फागुन १२ गते शनिवार बृहत बनभोज कार्यक्रम गर्ने भएको छ । हिजो बसेको कार्यसमिति पदाधिकारी बैठकले बनभोज कार्यक्रम गर्ने निर्णय गरेको छ ।

काठमाडाैंको शंखरापुर नगरपालिका वडा नं ६ तथा साँखुमा रहेको सलम्बुदेवी मन्दिरमा बृहत बनभोज कार्यक्रम हुने अध्यक्ष हरि गाैतमले जानकारी दिनुभयो ।

करिब १ हजार ५ सय जना सहभागी हुने बृहत बनभोज कार्यक्रमलाई औपचारिक रुपले सम्पन्न गरिनेछ । यस नेपाल व्यापार संघमा आवद्ध सम्पूर्ण पदाधिकारी, सदस्यहरुले सहभागिता जनाउन सक्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्