अछाममा बदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते

अछाम, ९ माघ । अछाममा बदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।

मंगलसेन नगरपालिका–६ ठुलासैनको चिउरी खोलामा नुहाउँदै गरेकी २४ वर्षीया आरती भण्डारी बदेँलको आक्रमणबाट घाइते भएकी हुन्। भण्डारीको अनुहारमा चोट लागेको छ। उनलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको अछाम प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्