लकडाउनले तरकारी कुहिन थालेपछी कृषि ज्ञान केन्द्र घरमै पुगेर ढुवानी गर्दै

देवराज पाध्याय
बाजुरा – देश ब्यापी लकडाउनको समयमा समस्यामा परेका बाजुराका कृषकहरुको तरकारी बारीबाट उठाएर बजारसम्म पु¥याउने काम कृषि ज्ञान केन्द्र बाजुराले गरिदिएको छ । कोरोना भाइरस कोभिड–१९ का कारण भएको लकडाउनले बाजुरा जिल्लाका तरकारी उत्पादक किसानहरुले उत्पादन गरेको तरकारीहरु बजारमा बिक्रिगर्न नपाई मर्कामा परेका छन् । समयमै तरकारी ढुवानी नहुँदा तरकारी किसानको तरकारी बारीमै कुहीन थालेको छ । सबैतिरका बजार बन्द र आवत जावत तथा तरकारी ढुवानीको समस्या भएपछि बारीको तरकारी बारीमै कुहीन थालेको कृषकहरुले दुखेसो गरेका छन् । लकडाउन शुरु हुँदा बिक्रीका लागि तयार भएको बन्दा फर्सी लगायतका तरकारी यतिबेला बजारमा ढुवानी गर्न सकिरहेका छैनन् । ग्रामिण क्षेत्रका किसान निकै मारमा परेका भए पनी कालोपत्रे सडक भएको ठाउँका किसानहरुको तरकारी भने सहज रुपमा ढुवानी गर्न कृषि ज्ञान केन्द्र बाजुराले आफ्नै गाडी प्रयोग गरिरहेको छ ।

किसान व्यावसायिक तरकारी खेती गर्दै आइरहे पनि लकडाउनका कारण करोडौंको तरकारी बारीमा सडने बताएका छन् । “टिप्नुपर्ने तरकारी पनि अब काम नलाग्ने भइसकेको अबस्थामा कृषि ज्ञान केन्द्रले आफनै गाडी ल्याएर बजार सम्म नलगिदिएको भए लाखौको घाटा बेहोर्नु पर्ने थियो” बडिमालिका नगरपालिका वडा न ६ का किसान महेन्द्र धामीले भने । लकडाउन लम्बिएपछि थप समस्या हुने देखीएको छ ३÷४ रोपनी प्याज, काउली बन्दा धनीया लगायतको तरकारी सबै खेर जाने किसान धामीको भनाई छ ।

कृषि ज्ञान केन्द्र बाजुराले एक दिन फरक पारेर कार्यालयको गाडी किसानका घरमै लिएर गाडीमा तरकारी भरेर सदरमुकाम लगायत बाक्लो बस्ती भएका बजारमा बितरण गर्दै आएकोले कृषकहरुलाइ सहज भएको बुढिगंगा नगरपालिका २ ताप्रीसेराका तरकारी कृषक कृष्ण बहादुर थापाले बताए ।

सरकारले अत्यावश्यकीय वस्तुको निर्वाध आपूर्ति गर्ने व्यवस्था गर्ने भने पनि लकडाउनको प्रत्यक्ष प्रभाव बाजुराका तरकारी उत्पादन गर्ने किसानहरुमा परेको छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले छिटै नष्ट हुने तथा दैनिक अत्यावश्यकीय फलफूल, तरकारी लगायतको आपूर्ति प्रभावित भएको बुढिगंगा नगरपालिका वडा न २ का वडा अध्यक्ष हिरा थापाले बताए ।

संकलन केन्द्रमा ठुला ट्रकहरु लिएर नियमित तरकारी लिन आउने व्यापारीहरु लकडाउनमा परेका र किसानहरुले भएको तरकारी पनी बिक्री गर्न नपाउने भएपछि सडकको छेउछाउँमा रहेका कृषकहरुको तरकारी बजार सम्म पुर्याउन केही मदत गरिदिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोबिन्द्र सिजापतीले बताए ।

बाजुरा जिल्ला पुरै लकडाउनमा भएको समयमा बाजुराका किसान र मजदुर भने प्रत्यक्ष रुपमा प्रभावित बनेका छन् । जिल्लामा सहज सडकको पहुच नभएकै कारण हरेक किसानले लगाएको तरकारी सहज रुपमा बजारसम्म पुर्याउन निकै कठिन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्