बाग्लुङकी ६५ वर्षीया बृद्धाले जितिन् कोरोनालाई, डिस्चार्जको तयारी

काठमाडौं – नेपालको छैटौं कोरोना भाइरस संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ ।

उनमा बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिए । उनका अनुसार दुईवटै रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्जको तयारी गरिएको छ ।

चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही दिन एउटै विमानबाट नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको थियो ।

तीमध्ये काठमाडौंकी युवती शनिबार डिस्चार्ज भएकी छन् । बागलुङकी अर्की युवती भने धौलागिरि अस्पतालमा उपचाररत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्