अमेरिकामा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो, ३७ हजार भन्दा बढीको मृत्यु

काठमाडौं – अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ । वल्ड्रोमिटरको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म ७ लाख १० हजार २१जना मानिसमा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

चीनको वुहान शहरबाट निस्किएको यो भाइरसको कारण सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म करिब ३७ हजार १ सय ५८ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा अहिलेसम्म ६० हजार ५ सय १० जना संक्रमितहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्