कोरोनाबाट अफ्रिकामा तीन लाख बढी मानिसको मृत्यु हुनसक्ने

काठमाडौँ – कोरोना भाइरसबाट अफ्रिकामा तीन लाख बढी मानिसको मृत्यु हुनसक्ने एक अध्ययनले देखाएको छ ।

इम्पेरियल कलेज लन्डनले शुक्रबार सार्वजनिक गरेको एक रिपोर्टले यस वर्ष अफ्रिकामा मात्रै कोरोनाभाइरसबाट तीन लाख बढी मानिसले ज्यान गुमाउने देखाएको हो ।

अफ्रिकाको संयुक्त राज्य आर्थिक आयोगले दिएको प्रतिवेदनका अनुसार भाइरस विरूद्ध कुनै हस्तक्षेप नभएको खण्डमा तथा सबैभन्दा खराब अवस्थामा अफ्रिकामा ३‌‍.३ मिलियनको मानिसको मृत्यु र १.२ बिलियन मानिसमा संक्रमण देखिनसक्छ ।

’कडा सामाजिक दूरी’ अपनाएपनि यहाँ १२२ मिलियन भन्दा बढीमा कोरोनाको संक्रमण देख्न सकिने रिपोर्टमा उल्लेख छ ।

शुक्रबारसम्म अफ्रिकामा १८ हजार बढीमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ । तर विज्ञहरूका अनुसार केही हप्तामा नै अफ्रिकामा यो महामारीको वृद्धिदर युरोपभन्दा बढि देख्न सकिने बताएका छन् । ‍

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्