नागरिक उन्मुक्तिकाे महाधिवेशन राैनक (फाेटाेफिचर)

टीकापुर, २६ पुस । नागरिक उन्मुक्ति पार्टीकाे प्रथम राष्ट्रिय महाधिवेशन बिहीबारबाट सुरु हुँदै छ  । पुस २६, २७ र २८ गते कैलालीकाे टीकापुरमा हुने साे पार्टीको महाधिवेशनकाे बिहीबार उद्घाटन हुँदै छ ।

उद्घाटनअघि  थरुहट आन्दोलनका सहिद टेकबहादुर साउदकाे सालिकमा माल्यार्पण गरिएकाे छ । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनकाे  साउदकाे सालिकमा माल्यार्पण गरिएको हाे । पार्टीका संरक्षक रेशमलाल चाैधरी र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीीसहितका नेता कार्यकर्ताले उनको सालिकमा माल्यार्पण गरेका हुन् ।

थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा १८ महिने नाबालक साउदको मृत्यु भएको थियो । उनलाई सहिद घाेषणा गरिएको छ । गत ७ भदाै २०८० गते टीकापुर घटनाको ८ वर्ष पुगेको दिन पारेर मृतक साउदको स्मृतिमा सालिक अनावरण गरिएको थियोे । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चाैधरी र टेकबहादुर साउद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो । साेही क्रममा थरुहट आन्दोलनका क्रममा मृत्युुवरण गरेका सबै सुरक्षाकर्मीहरुकाे फाेटाेमा पनि माल्यार्पण गरिएको छ ।

साथै महाधिवेशनकाे उद्घाटन सत्रमाा शुभकामना दिन नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल टीकापुर आइसकेका छन् । उनी वयल गाडा चढेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्