चितवनका २ जनाको र्यापिड टेष्ट शंकास्पद देखिएपछि स्वाब काठमाडौँ पठाइयो

चितवन – भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको छ ।

बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुई जनाको नमूना शंकास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

बुधबार र्या्पिड डायग्नोष्टिक टेष्टका क्रममा एक महिलाको शङ्कास्पद नतिजा आएको थियो । उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

उनीहरुमध्ये आमा र एउटा छोराको नमूना शङ्कास्पद आएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै आएका हुन् । निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्