लकडाउन थप कडाई गर्दै प्रशासन

हेटौँडा – बाग्मती प्रदेशका विभिन्न जिल्लामा सरकारद्वारा घोषित लकडाउनलाई थप कडा पारिने भएको छ । कतिपय जिल्लामा तरकारी तथा फलफूल किन्न पनि प्रतिबन्ध लगाइएको छ भने कतै सवारी पाससमेत खारेज गरिएको छ ।
यसैगरी प्रदेशभित्रका जिल्लामा भारत तथा तेस्रो मुलुक गएर फर्किएर आएका व्यक्तिको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणले तीव्रता पाएको छ ।
बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार सात सय ९१ जनाको आरडीटी परीक्षण गरिएको छ ।
मन्त्रालयका प्रवक्ता एवं बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा. पुरुषोत्तमराज सेढाइँले आरडीटीको प्रदेशमा रहेका पाँच हजार किटमध्ये चार हजार तीन सय किट जिल्लामा वितरण गरिएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्