मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न हेलम्बु गाउँपालिकाको आग्रह

सुशील सुवेदी
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाको बिहिबार बसेको गाउँकार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न आग्रह गरेको छ । गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय र त्रास बढेकाले कार्यपालिकाले काम बन्द गर्न आग्रह गरेको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालयले गाउँपालिकामा औषधि र खाद्यवस्तुबाहेकका कुनै पनि गाडी प्रवेश गर्न नदिनु भन्ने परिपत्रबमोजिम आयोजनाका गाडी प्रवेशमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । त्यसैगरी बैठकले गाउँपालिकाको कामबाहेक कर्मचारी र जनप्रतिनिधिलाई गाउँपालिका बाहिर जान पनि रोक लगाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्