भारतमा एकै दिन १ हजार ७० जना नयाँ संक्रमित थपिए, मृत्यु हुनेको संख्या साढे ४ सय नजिक

काठमाडाै – भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १ हजार ७० जना नयाँ संक्रमित भेटिएका छन् । यससँगै यहाँ हालसम्म संक्रमिति हुनेको संख्या १३ हजार ४ सय ३० पुगेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार भारतमा एकैदिन २६ जनाले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोनाका कारण ४ सय ४८ जनाको ज्यान गइसकेको छ । संक्रमितमध्ये १७ सय ६८ उपचार पछि निको भइसकेका छन् ।

पछिल्लो समयमा भारतमा दैनिकजसो १ हजार बढी कोरोनाका नयाा संक्रमित भेटिने गरेको छ । यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ तारिखसम्म लकडाउनको घोषणा गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्