अमेरिकाको अवस्था भयावह बन्दै, एकै दिन २१ सय ७४ को जनाको मृत्यु

काठमाडाैँ – अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण २१ सय ७४ को जनाको मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा एकैदिन २९ हजार ५ सय ६७ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म अमेरिकाका ६ लाख ७७ हजार ५ सय ७० जना कोरोनाभाइरसका संक्रमित छन् ।

संक्रमितमध्ये १३ हजार ३ सय ६९ को अवस्था गम्भीर छ भने हालसम्म ५७ हजार ५ सय ८ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो समयमा अमेरिकामा दैनिकजसो २ हजार बढीको मृत्यु हुने गरेको छ । यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने अमेरिकाले कोरोनाभाइरस संक्रमणको चरम बिन्दु पार गरिसकेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्