मिर्मिरे लघुवित्तको नगद लाभांश घोषणा

काठमाडौ, १६ पुस । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

 

कम्पनीको शुक्रबार (पुस १३ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

कम्पनीले करसहित ६.३२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने कम्पनीले २३% बोनस सेयर वितरण गरेको थियो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र मिर्मिरेको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्