मुख्यमन्त्री केदार कार्कीले लेखेनन ‘कोशी प्रदेश’, सोधियो, ‘लावण्य प्रदेशका मुख्यमन्त्री हुन र ?’

बिराटनगर, १५ पुस – मुख्यमन्त्री केदार कार्कीले ‘कोशी प्रदेश’ नलेखी तमु ल्होसारको शुभकामना दिएका छन् । आफनोसमेत मतले प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गर्न योगदान गरेका कार्कीले मुख्यमन्त्री भए पछि ‘कोशी प्रदेश’ उल्लेख नगरी तमु ल्होसारको शुभकामना दिएका हुन् ।

पुर्वी नेपालमा पहिचानबादी आन्दोलन जारी रहेको बेला उनीहरुको मागलाई ‘सम्मान गर्दै’ कोशी प्रदेश उल्लेख नगरेको हुन सक्ने अनुमान गरिएको छ । संविधान र राज्यले चिन्ने मुख्यमन्त्री पदको जिम्मेवारीमा रहेका कार्कीले कोशी प्रदेशको नाम उल्लेख नगरे पछि यस घटनालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

अहिले ‘कोशी प्रदेश’ उल्लेख नभएको कार्कीले लेटर प्याड सार्वजनिक भए पछि उनी ‘कुन प्रदेशका मुख्यमन्त्री हुन ?’ भनेर प्रश्न गर्न थालिएको छ ।  सामाजिक सञ्जालभरी कुन प्रदेशका मुख्यमन्त्री हुन ? भनेर प्रश्न गर्न थालिएको छ ।  एकजनाले सामाजिक सञ्जालमा लेखेका छन, ‘सायद उनी लाबण्य प्रदेशका मुख्यमन्त्री होलान ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्