नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगरस्तरीय जुनिएर फुटसल प्रतियोगितामा अर्किड स्कुल चौथो

काठमाडाैं – नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर समितिको आयोजनामा सम्पन्न जुनिएर फुटसल प्रतियोगितामा अर्किड स्कुल चौथो भएको छ । कक्षा १ देखि ३ सम्मका ८ बर्ष उमेर समुहका छात्रहरुका बिचमा सदस्य विद्यालयहरुका खेलाडीहरुले भाग लिएका थिए । फुटसल प्रतियोगितामा अर्किडका ९ जना विद्यार्थीहरु क्रमश प्रयास श्रेष्ठ , अरनव मगर, कुशल सापकोटा, कौशल खबत्तरी, डिभिड खत्री, नियोन देउला, मणिक खत्री, करन दहाल र साहिल बोगटी रहेका थिए ।

प्रतियोगिता भरिमा सर्वाधिक ११ गोल गर्दै अर्किडका टिम कप्तान प्रयास श्रेष्ठले उच्च स्कोरर अवार्ड समेत हात पारेको अर्किड स्कुल जुनियर फुटसल टिमका टिम व्यवस्थापक तथा अतिरिक्त क्रियाकलाप इन्चार्ज सरोज तामाङले बताउनुभयो ।

यसैगरी प्रतियोगितामा आर्सा स्कुल प्रथम, ग्रीनवीच स्कुल द्धितीय र निर्मलज्योति स्कुल तृतीय भएका छन् ।

अर्किड स्कुल अतिरिक्त क्रियाकलापसँगसँगै शैक्षिक उन्नतीमा पनि अब्बल रहेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नंं. ९ गोठाटार हाइटमा रहेको याे विद्यालय यस क्षेत्रकै उत्कृष्ट विद्यालयहरुमध्ये पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्