हुथी बिद्रोहीले भने, ‘लाल सागरमा सैन्यकरण बन्द गरिनुपर्छ’

तेहरान, १२ पुस –  हुथी बिद्रोहीका बरिष्ठ अधिकारीहरूले लाल सागरमाथी भएको ‘सैन्यकरण’ विरुद्ध चेतावनी दिएका छन्  ।

सो बिद्रोही समुहका सैन्य नेताहरूको बैठक पछि यमनी समूहले प्यालेस्टिनी जनताको उत्पीडनतर्फ दृढ अडानबाट यसलाई रोक्न खोज्ने कार्य स्वरुप सैन्यकरण गर्न खोजिएको आरोप लगाईएको छ । हुथी बिद्रोहीको चेतावनी छ कि कसैगरी पनि त्यो कार्य रोकिनु पर्नेछ ।

उक्त समूहले गाजासँग ऐक्यबद्धता जनाउँदै इजरायल जाने व्यावसायिक जहाजहरूमाथी थप आक्रमण गर्ने पनि जनाएको छ । जवाफमा संयुक्त राज्य अमेरिकाले जलमार्गमा जहाजहरूको सुरक्षा गर्ने उद्देश्यले गठबन्धन सुरु गरे पछि उक्त समुहकाे बैठकले साे चेतावनी दिएकाे हाे ।

हुथी सम्बद्ध साबा समाचार एजेन्सीका अनुसार अधिकारीहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी अमेरिका र यसका साझेदारहरूलाई लाल सागरमा सैन्यकरण गर्ने र इजरायली निकायको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नेभिगेसनको सुरक्षालाई हानी गर्ने परिणामहरूबारे चेतावनी दिन्छौं।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्