टेस्ट क्रिकेट: दक्षिण अफ्रिकाको भारतविरुद्ध ११ रनको अग्रता

काठमाडौँ, १२ पुस । दक्षिण अफ्रिकाले भारतविरुद्धको जारी टेस्टमा ११ रनको अग्रता लिएको छ ।

खेलको दोस्रो दिनको खेल सकिदा दक्षिण अफ्रिकाले ५ विकेट गुमाउदै २५६ रन बनाएपछि पहिलो इनिंगमा ११ रनको अग्रता लिएको छ ।

दक्षिण अफ्रिकाका लागि डिन एल्गरले अविजित १४० रन बनाएर खेलिरहेका छन् । त्यस्तै डेभिड बेडीङघमले ५६ रन बनाएका थिए भने टोनी डे जोर्जीले २८ रन

बनाएका थिए । त्यस्तै भारतका बलर जसप्रित बुमराह, मोहमद सिराजले २-२ विकेट लिए भने प्रसिद कृष्णले एक विकेट लिएका थिए ।

यसअघि भारतले पहिलो इनिंगमा २४५ रन बनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्