हुम्लामा रिचार्ज कार्डको अभाव

हुम्ला – बन्दाबन्दी लम्बिएसँगै हुम्लामा नेपाल टेलिकमको रिचार्ज कार्डको अभाव भएको छ । नेपालगन्जबाट तीन हप्तायता नयाँ रिचार्ज कार्ड आउन छाडेपछि हुम्लामा अभाव भएको हो ।
सिमकोट बजारका एक स्थानीयले मोबाइलमा पैसा सकिएको चार दिन भएपनि नयाँ रिचार्ज कार्ड नपाएको बताए । सिमकोटका अधिकाँश पसलमा रिचार्ज बिक्री हुने भएपनि अहिले सबै पसलमा रिचार्ज कार्ड पाउन छाडेको छ ।
अर्का एक स्थानीयले हुम्लामा रिचार्ज कार्ड नपाउने भएपछि काठमाडौमा रहेकी छोरीबाट ब्यालेन्स हाल्न लगाएर काम चलाएको छ । उनको मोबाईलमा पाँच दिन अगाडिदेखि पैसा सकिएको थियो ।
हुम्लामा अर्को निजी क्षेत्रको एनसेलले तीन महिनादेखि काम गर्न सकेको छैन । भएको नेपाल टेलिकमको पनि रिचार्ज कार्ड बन्दाबन्दीको कारण सकिएपछि हुम्लाबासी समस्यामा परेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्