काठमाडौँ सहित देशका केहि भू–भागमा मेघगर्जन र हुरीबतास सहित असिना पानी पर्ने

काठमाण्डौ – बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित असिना पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमीसँगै स्थानीय वायुको प्रभावले देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ मध्य र पूर्वका केही ठाउँ तथा पश्चिमका थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

उनका अनुसार आजभन्दा भोलि र पर्सी देशका धेरै ठाउँमा पानी पर्नेछ । अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्न लागेकाले भोलि र पर्सि देशभरिकै मौसम सामान्यतया बदली भइ देशका विभिन्न ठाउँमा चट्याङ, हुरीबताससहित केही ठाउँमा असिना पानी पर्ने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्