वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले निर्माण थालेको पुल दोस्रो पटक भत्कियो, स्थानीय भन्छन् ठेकेदारको चरम लापरवाहि

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकामा पर्ने बढीघाट खोलामा बन्दै गरेको मोटरेबल पुल दोस्रोपटक पनि बन्दाबन्दै भत्किएको छ ।

बुधबार आएको बाढीले मुसिकोट नगरपालिकाका पौदीअमराई र कल्यार जोड्ने सो पुल दोस्रोपटक भत्किएको हो । गत वर्ष ढलान गर्ने बेलामा पनि यो पुल भत्किएको थियो । भत्किएको आठ महिनापछि पुनः बनाउन सुरु गरिएको थियो । तर, बुधबार साँझपख आएको बाढीले पुनः पुल भत्किएको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

५५ मिटर लामो यो पुल ५ करोड १७ लाख रुपैयाँको लागतमा वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले यो पुल निर्माणको ठेक्का पाएको छ । ठेकेदारको चरम लापरवाहीका कारण बाढीले पुलमा ठूलो क्षति पुगेको र निर्माण कार्यमा पनि ढिलाइ भइरहेको स्थानीयबासी बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्