रुखले च्यापेर डोल्पामा महिलाको मृत्यु

डोल्पा, ८ पुस । डोल्पामा रुखले च्यापेर एक महिलाको ज्यान गएको छ।

देउराली सामुदायिक वनमा दाउरा ल्याउन जंगल गएको बेला ढलेको सल्लाको रुखले च्यापेर त्रिपुरासुन्दरी नगरपालिका-११ की ३० वर्षीया सिरु बोहोराको मृत्यु भएको हो।

हुम गाउँ नजिकै पर्ने कादुरी खोलाको जंगलमा शनिबार दाउरा ल्याउन गएकी बोहोराको ढलेर लागेको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्