सम्झन्छु म तिमीलाई भन्दै प्रेमीकासँग रोमान्टिक बने रबिन

काठमाडौँ, ५ पुस । गायक रबिन बर्तौलाको सम्झन्छु म तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ ।

 

कुमार केसीको मिक्सिङ तथा मास्टरिगं रहेको सार्वजनिक गीतमा एक दृष्टिविहीन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुख दुस् खमा साथ दिने प्रेमीको चोखो मायाको निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।

 

माया हेराई भोगाई जस्तै महसुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको  सम्झन्छु म तिमीलाई बोलको गीतमा गायक बर्तौला र सुन्दरी सोफी धरेल गज्जबसँग खुलेका छन् ।  भिडियोमा गायिका प्रेक्षा लम्सालको पनि अभिनय देख्न सकिन्छ ।

 

उत्तम हुमागाईको छायांकन रहेको सार्वजनिक गीतको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने कलरिगं प्रविन ढकालले गरेका हुन् । भिडियो गायक स्वयमकै अफिसियल च्यानल रबिन बर्तौलाबाट बजारमा आएको हो । गायक बर्तौला पेशाले सिभिल इञ्जििनियर  हुन् ।

भिडियाे लिंक

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्