पत्रकार राजेन्द्र विष्ट सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित

कञ्चनपुर- कञ्चनपुर जिल्लामा केन्द्रीय कार्यालय रहेकाे उदयदेब बहुद्देश्यीय सहकारी लिमिटेडले यस बर्षदेखि सहकारी पत्रकारितामा कलम चलाउन पत्रकारलाइ सम्मान गर्न सुरू गरेकाे छ । जसमा यस बर्ष पत्रकार राजेन्द्र विष्टलाई सहकारी पत्रकारिता पुरस्कारबाट सम्मान गरेकाे छ । सहकारीको २५ औं वार्षिक साधारण सभाकाे अवसर पारी पत्रकारिताको माध्यमबाट सहकारीको विकास र प्रवद्र्धनमा योगदान पुगाएको भन्दै पत्रकार विष्टलाइ नगद सहित पुरस्कार प्रदान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले पत्रकार विष्टलाई नगद ११ हजार धनराशीको पुरस्कार,  सम्मानपत्र हस्तान्तरण गर्नुभयाे ।

पत्रकार विष्ट  हाल  टिभी टुडे टेलिभिजनमा कार्यरत छन् ।  आगामी दिनमा सत्य तथ्स माचार सम्प्रेषणका लागि थप हौसला मिलेको र समाजका हरेक मुद्दाहरू सञ्चार क्षेत्रमा ल्याएर समुन्नत समाज निर्माणका लागि खट्ने पत्रकार विष्टले बताउनुभयाे । पत्रकारितालाइ नै पेशा बनाएर लामाे समयदेखि क्रियाशित पत्रकार विष्ट कञ्चनपुरका स्थानीय हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्