सिद्धार्थ बैंक नारायणगढको रक्तदान

भरतपुर, ६ पुस । सिद्धार्थ बैंक नारायणगढ शाखाले २१औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

 

बैंकका नारायणगढ शाखाका प्रबन्धक मीनबहादुर चौलागाईंले शाखा कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा ९० जनाले रक्तदान गरेको जानकारी दिए । उनले बैंकको नारायणगढ शाखाले यसअघि पनि विभिन्न अवसर पारेर वृक्षरोपण, सरसफाइलगायत मानवीय सेवाभावका विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

 

 

बैंकका बागमती प्रदेश प्रमुख दुर्गाराज पाण्डेयले बैंकका अन्य शाखाहरुले पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतका विविध कार्यक्रम गरी समाज परिवर्तनमा उल्लेखनीय भूमिका निभाइरहेको बताए । प्रमुख पाण्डेयको अध्यक्षतामा रक्तदान कार्यक्रम भएको थियो ।

 

रक्तदान कार्यक्रममा भरतपुर–३ का वडाध्यक्ष विकास थापाले नाफामूलक संस्थाहरु पनि समाज परिवर्तनका क्षेत्रमा, सामाजिक कामहरुमा अग्रसर भएर लाग्नुपर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथि ३ नं वडाका सदस्य माधव अर्यालले रक्तदान गर्नेहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।ब

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्