आमा वित्दा पनि घर आउन नदिएपछि महाकाली पारी कोरा बसे बासुदेव भट्ट

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का ३५ वर्षीय वासुदेव भट्टले महाकाली पारी कोरामा बसेका छन् ।

मंगलबार साँझ उनकी ५५ वर्षकी आमाको हृदयघातका कारण मृत्यु भएको छ । आमाको मृत्यु हुँदा पनि दार्चुला प्रशासनले उनलाई नेपाल आउन नदिएपछि उनी भारतको क्वारेन्टाइनमा नै कोरा बसेका हुन् ।

उनका चारभाइ छन् । जसमध्ये एक बैंग्लोरमा छन् अरू घरमै छन् । उनी सँगै महाकाली पारी शिविरमा रहेका एक सदस्यले भने, हामीले उहाँलाई नेपाल पठाउने प्रयास ग‍र्यौं तर केही सीप लागेन,’अनि आज बिहान सबैसँगै कुराकानी गरेर पसलबाट सेतो कपडा किनेर लगाउन दियौं ।’ केही किलोमिटर टाढाको वारि वासुदेवको घरमा आमा बितेको शोक छ, महाकाली पारि उनी कोरामा बसेका छन् । ‘मलाई आमाको किरिया गर्न दिए बरू जुठो छोडेपछि म क्वारन्टाइनमा बस्थें,’ उनले भने ।

यस बारे जिल्ला प्रशासन कार्यालय दार्चुलामा बुझ्दा यसबारे केन्द्रले नै निर्णय गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवर बताए । उनले भने, ‘हामीले यहाँ केही गर्न सक्दैनौं । केन्द्रले भनेपछिमात्र सबैलाई ल्याउने कुरा हुन्छ,’ उनले भने,‘लकडाउनको समयमा एक जनालाईमात्र ल्याउने कुरा हुँदैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्