आरडीटी परीक्षणमा पोजेटिभ देखिएका सप्तरीका २ जनाको पीसीआर रिर्पोट नेगेटिभ

राजविराज — र्‍यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिर्पोट आएका सप्तरीका दुईजनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । २ हप्ता अघि भारतको दिल्लीस्थित निजामुद्दिनबाट आएर आफ्नै घरमा बसिरहेका ७ जनालाई मंगलबार खोजी गरी आरडीटी परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो ।

अस्पतालमा गरिएको आरडीटी परिक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ आएपछि सातैजनाको स्वाब संकलन गरी थप परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । धरानमा भएको पीसीआर परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

आरडिटी परिक्षणमा सप्तरीको तिलाठी कोईलाडीका एकजना र खडग नगरपालिकाका १ जनामा पोजिटिभ रिपोर्ट आएपछि उनीहरुको घर रहेको बस्ती बुधबार बिहानबाट सिल गरिएको थियो । यसैबीच मंगलबार आरडीटी परिक्षण गरिएका ७ जनासँगै दिल्लीको तवलिकी जमातबाट आएका अर्का एकजना र अन्य दुईजनाको बुधबार गजेन्द्रनारायण सिंह अस्पतालमा र्‍यापीड डायग्नोस्टिक टेस्ट गरिएको र रिर्पोट नेगेटिभ आएको छ ।

कान्तिपुरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्