दार्चुलाको लेकमबाट अवैध मदिरा बरामद

दार्चुला – दार्चुलामा अवैध मदिरा बरामद गरिएको छ। जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–३ ऐरपाली र वडा नम्बर–६ रिठाचौपाताबाट अवैध मदिरा बरामद गरिएको हो।

रम ३७ बोतल, ह्विस्की २३ बोतल, खुकुरी रम–१ बोतल, ५२ क्वाटर (भर्जिन, जलजला सौफी र ओरेन्ज) बुधवार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। इलाका प्रहरी कार्यालय लाली र इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखेको अबस्थामा उक्त मदिरा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्