स्ववियु सचिव जोशीले मनाए सहारा घरमा जन्मदिन

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अनेरास्ववियूका केन्द्रीय सदस्य एवम् कैलाली जिल्ला कमिटी कार्यवाहक अध्यक्ष तथा खप्तड बहुमुखी क्याम्पसका स्ववियु सचिव प्रेम जोशीले आफ्नो जन्म दिन सहारा घरमा मनाएका छन् ।  कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर बसोबास गर्ने प्रेम जोशीले आफ्नो २३ औ जन्मउत्वस बर्दगोरीयामा रहेको सहारा घरमा मनाएका हुन् ।

खप्तड बहुमुखी क्याम्पसका स्ववियु सचिव समेत रहेका प्रेम जोशीले आफ्नो जन्मदिनको अवसरमा मङ्गलवार कैलालीको बर्दगोरीया गाउँपालिकामा रहेको असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरमा खाद्यान्न वितरण गरी मनाएका हुन् । जन्मदिनको अवसरमा सहारा घरमा बसोबास गर्ने मानसिक रोगीहरूलाई साँझको भोजनको व्यवस्था गरेका थिए ।

परिवार,समाजले हेला गरेका मानवलाई सहारा दिनु सानो कुरा नरहेको बताउँदै जोशीले केही सहयोग होस भन्ने उद्देश्यले खर्च कटौती गरेर सहारा घरमा जन्म दिन मनाएको बताए । जन्मदिनको अवसरमा सहारा घरमा सहयोग गरिएको भन्दै सहारा घरका सञ्चालक बल बहादुर विष्टले प्रेम जोशीलाई धन्यावाद ज्ञापन गरेका छन् ।

यस्तै सहयोगी मनहरूले सहयोग गरेर सहारा विहीनहरूलाई सहारा दिइरहेको सञ्चालक विष्टले बताए । अहिले १ सय जना मानसिक रोगीहरू बसोबास गरिरहेका छन् भने कति पय धेरै जनालाई परिवार मिलान गराइ घर फर्काइएको छ । सहारा घरमा हाल सात जनाले स्वयंसेवकको रूपमा सेवा दिइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्