सेयर बजार झण्डै ४६ अंकले बढ्यो

काठमाडौं, २ पुस । चालु साताको तेस्रो कारोबार दिन मंगलबार करिब ४६ अंकले सेयर बजार बढेको छ ।  मंगलबार ४५.९८ अंकले बढेको सेयर बजार २१०६.४८ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३१३ कम्पनीका ९९ हजार ६४१ पटक भएको कारोबारमा १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १८३ कम्पनीको सेयर मूल्य बढ्दा ५३ कम्पनीको घटेको छ भने ७ कम्पनीको स्थिर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्