१६ किलोग्राम अवैध गाँजासहित दुई जना पक्राउ

उदयपुर, उदयपुरगढी गाउँपालिका-७ हाडे बासबाट अवैध लागूऔषध गाँजा करिब १६ किलो ३ सय ३० ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रौतामाई गाउँपालिका-४ मालवासे बस्ने ५५ वर्षीय मोटे रोका र २३ वर्षीय नेत्र परियार रहेका छन् । जिल्ला  प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्